चुनावी सुनिश्चितताले बजारमा छायो हरियाली, सूचक र कारोबारमै उछाल
काठमाण्डौ । फागुन २१ को चुनाव सुनिश्चित भएसँगै सेयर बजारमा उछाल आउन सुरु भएको छ । लामो समयको राजनीतिक अन्यौलमा गुज्रिएको बजार समयमै निर्वाचन भई राजनीतिक र नीतिगत स्थिरता हुने आशाका कारण उछालको बाटोमा अगाडि बढेको हो ।

