विकाश हाईड्रोपावर आईपीओ भर्न छुट्यो कि ? आज आवेदन दिन अन्तिम दिन
काठमाण्डौ । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असार १८ गतेदेखि सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर जारी गरेको थियो । कम्पनीले गत वेशाख १५ गते प्रतिसेयर रू. १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

