८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३७ कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.२४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.४४ प्रतिशतले घटेको...