डेडिकेटेड ट्रंक लाइन विवाद : प्राधिकरणलाई नचाहिने कागजपत्र बुझाउदै लेखा समिति
काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले पठाएका ३० पोका कागजपत्रमध्ये आफुलाई नचाहिने कागजपत्र सार्वजनिक लेखा समितिले प्राधिकरणलाई नै फिर्ता पठाउने भएको छ। समितिले टिओडी मिटरको विवरण पठाउन भनेको थियो। बिहीबार प्राधिकरणले झन्डै एक लाख पेज विभिन्न किसिमका कागजपत्रहरू पठाएको थियो।

