बिटक्वाइनको मूल्य लगातार चौथो दिन पनि घट्यो
काठमाण्डौ। विश्वको सबैभन्दा पुरानो र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य घटेर अहिलेसम्मकै न्यून बिन्दुमा पुगेको छ। आज लगातार चौथो दिन बिटक्वाइनको मूल्य घट्ने क्रम जारी रहेको हो। यसको मूल्य २१ प्रतिशतभन्दा बढीले घटेर शुक्रबार चार महिनाको न्यूनमा झरेको छ। जसमा बिटक्वाइनको मूल्य यस्तो समयमा घटेको हो जुन सेयर बजारले दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ।