परिणाम देखाउने वाचा गर्दै पूर्वगृहमन्त्री सुधन गुरुङको सक्रिय राजनीतिक पुनरागमन संकेत
काठमाण्डौं । पूर्वगृहमन्त्री सुधन गुरुङले सम्पत्ति छानबिनपछि आफू निर्दोष ठहर भएको अवस्थामा पुनः सरकारमा फर्किने राजनीतिक संकेत दिएका छन् ।उनका अनुसार अवसर पाए करिब दुई महिनाभित्र गृह प्रशासन र सुरक्षा क्षेत्रमा सुधारका प्रारम्भिक काम शुरु गर्न सकिनेछ ।

