समस्याग्रस्त सहकारीका ऋणीलाई ७ दिनभित्र ऋण तिर्न अल्टिमेटम
काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीबाट ऋण लिएकालाई एक साताभित्र ऋण तिर्न समयसिमा तोकेको छ । समितिले एक सूचना जारी गर्दै समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न ७ दिनको ‘अल्टिमेटम’ दिएको हो ।ऋणी र जमानतकर्तालाई अन्तिमपटक ऋण तिर्न ७ दिनको समय दिइएको उक्त समयभित्र चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका...

