गरिमा क्यापिटलको सञ्चालकमा २ जना नियुक्त
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट दुईजना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल र मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएका हुन् ।