Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सेबोनभित्रको द्वन्द्वको प्रभाव पूँजीबजार सुधार कार्ययोजनामा, अर्थमन्त्रीलाई बुझाउने बेलामा अड्को

Global IME Bank Limited
सेबोनभित्रको द्वन्द्वको प्रभाव पूँजीबजार सुधार कार्ययोजनामा, अर्थमन्त्रीलाई बुझाउने बेलामा अड्को
Nabil Bank Limited

काठमाण्डौ । अध्यक्षविहीन नेपाल धितोपत्र बोर्डभित्रको आन्तरिक द्वन्द्वको असर अर्थमन्त्रीलाई बुझाउने तयारी भइरहेको पूँजीबजारको समस्या, समाधानको उपाय र विकास तथा विस्तार सम्बन्धी कार्ययोजनामा समेत देखिएको छ ।  

धितोपत्र बोर्ड अध्यक्षविहीन भएपछि विभिन्न गुट–उपगुटबीच द्वन्द्व देखिएको छ । यो द्वन्द्वको प्रभाव धितोपत्र बोर्डको दैनिक कार्यसम्पादन, कतिपय महत्वपूर्ण निर्णय लगायतमा समेत लामो समयदेखि पर्दै आएको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि बोर्डभित्रबाटै तीनजना(डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ लगायत) आकांक्षीले आवेदन दिएपछि द्वन्द्व थप चर्किएको छ । जसको असर अर्थमन्त्रीलाई बुझाउन तयारी गरिएको कार्ययोजनामा समेत देखिएको स्रोतको भनाई छ ।  

धितोपत्र बोर्डमा आन्तरिक द्वन्द्व थिएन भने पूँजीबजार सुधारका लागि प्रष्ट कार्ययोजना ढिलोमा आइतबार(आज) फ्रस्ट आवरमै अर्थमन्त्रीलाई बुझाउने कार्यक्रम थियो । तर, निमित्त प्रमुखको भरमा चलिरहेको बोर्डले सञ्चालक समितिको बैठकबाट पारित भएपछि मात्र कार्ययोजना बुझाउन मिल्ने एउटा समूहले अड्को थापेपछि त्यसको प्रभाव द्रूत गतिमा हुनुपर्ने बजार सुधारको महत्वपूर्ण काममा देखिएको हो ।  

बोर्डका निमित्त प्रमुख डा. नवराज अधिकारीले बजार सुधारका लागि तयार कार्ययोजना शुक्रबारसम्म नै बुझाउन खोजेका स्रोतको दाबी छ । तर, उनलाई अध्यक्षका अन्य आकांक्षी र बोर्डभित्रकै उनका विरोधीहरुले रोकिदिए । निमित्त प्रमुखले बजार सुधारको कार्ययोजना पेश गर्ने अधिकार नरहेको दाबी गर्दै सञ्चालक समितिबाट पारित भएपछि मात्र बुझाउन मिल्ने भन्दै बोर्डभित्रे विरोध भयो । बोर्डका अध्यक्षका लागि आकांक्षी र बलियो दाबेदार आफूलाई मानेका डा. अधिकारीले समेत यसपटक जोखिम मोल्न चाहेनन् र सञ्चालक समितिलाई कुर्दा कार्ययोजना बुझाउन ढिलाई भएको स्रोतको भनाई छ ।  

बोर्डस्थित उच्च स्रोतका अनुसार निमित्त प्रमुखले सञ्चालक समितिको बैठक आइतबार साँझका लागि बोलाउन सहजीकरण गरेका छन् । तर, आजको बोर्ड बैठक बस्ने पूर्ण निश्चितता भने छैन । किनभने बजार सुधार, इन्साइडर ट्रेडिङ र खुलेआम चलखेलजस्ता कतिपय महत्वपूर्ण विषयमा केही गम्भीर निर्णय गर्न बोर्ड बैठक बसाउने डा. अधिकारीको पटक–पटकको प्रयास लामो समयदेखि सफल हुन सकेको छैन । आइतबारको बोर्डको सञ्चालक समितिको बैठक समेत हुने या नहुनेमा बोर्डकै उच्चपदस्थ कर्मचारी समेत द्वीविधामा छन् ।


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.