आईतवार, बैशाख १४,२०८२ 11:29:21
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 11:29:21
IME remit
Global IME Bank Limited

नेपाल डिस्टिलरिजले विश्वकै प्रतिष्ठित ‘आईडब्लुएससी’ अवार्डमा प्राप्त गर्यो ३ पदक

Hyundai Nepal
नेपाल डिस्टिलरिजले विश्वकै प्रतिष्ठित ‘आईडब्लुएससी’ अवार्डमा प्राप्त गर्यो ३ पदक
Nabil Bank Limited

काठमाण्डौ ।  द नेपाल डिस्टिलरीज प्रालिले ३ प्रतिष्ठित पदक हासिल गरेको छ । ‘इन्टरनेशनल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’ अवार्ड २०२४, डिस्टिलरीको तीन मुख्य उत्पादनहरूले एक सिल्भर(रजत) र दुई ब्रन्ज(कांस्य) पदक प्राप्त गरेको हो । ‘आईडब्लुएससि’ अवार्ड, एक विश्वव्यापी वाइन तथा स्पिरिट प्रतियोगिता हो । जसले सन् १९६९ देखि विश्वभरका उत्कृष्ट स्पिरिटहरू पहिचान तथा पुरस्कृत गर्दै आएको छ ।  

द नेपाल डिस्टिलरिजको सबैभन्दा पुरानो र लोकप्रिय उत्पादन ‘खुकरी एक्सएक्सएक्स रम’ ले ८८ अंकसहित ‘ब्रन्ज मेडल’ प्राप्त गरेको छ । मौलिक नेपाली स्वादसहितको ‘खुकरी स्पाइस्ड रम’ लाई ८९ अंकसहित ‘ब्रन्ज मेडल’ प्रदान गरिएको छ । साथै, अर्को उत्पादन ‘न्युड सुपेरियर भोड्का’ ले ९१ अंकसहित ‘सिल्भर मेडल’ हासिल गरेको छ । ‘आईडब्लुएससी’ को नौ–सदस्यीय निर्णायक प्यानलमध्ये ग्लोबल रम एम्बेसेडर इयान बरेल पनि सहभागी थिए । 

उनी हाल नेपालमा खुकुरी रम उत्पादन–शील्प तथा अद्वितीय स्वादको पहिचान गर्दै नेपाली रम–संस्कृतिका निम्ति प्रबर्द्धनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम गरिहेका छन् ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

द नेपाल डिस्टिलरिज प्रालिका महाप्रबन्धक सुभास लामिछानेले अवार्डबारे उत्साह जनाउँदै भने, ‘द नेपाल डिस्टिलरीजको स्थापनाकालदेखि नै हामीले प्रिमियम स्पिरिट उत्पादनका लागि उच्चकोटीको सामग्री, उच्चस्तरको प्रक्रिया, अत्याआधुनिक प्रविधि, र उत्कृष्ट उत्पादन(शील्पको निरन्तर उपयोगमा समर्पित छौँ । यो प्रतिष्ठित अवार्डले हाम्रो यही लगाव र कुशलतालाई मान्यता दिएको छ र विश्वमाझ नेपाली स्पिरिटको गुणस्तरलाई चिनाउने माध्यम बनेको छ । यसले हामीलाई उत्साहित त बनाएको छ नै, साथै विश्वस्तरको स्पिरिट उत्पादन गर्ने हाम्रो भिजनमा दृढ रहन अझै प्रेरणा दिएको छ । हामी हाम्रो विश्वभरका सम्मानित ग्राहकहरूमाझ यो नयाँ उपलब्धीको खुसी सहित आभार व्यक्त गर्न चाहन्छौँ जसको निरन्तर साथ र दोहोरो प्रतिक्रिया हाम्रो उत्पादनको सफलताको लागि अपरिहार्य थियो ।’

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.