शुक्रबार, श्रावण ८,२०८३ 09:54:27
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 09:54:27
Bizshala
Global IME Bank Limited

नेपाल फर्निचर तथा फर्निसिङ संघको रजत जयन्तीमा दर्जन बढी व्यवसायी सम्मानित

नेपाल फर्निचर तथा फर्निसिङ संघको रजत जयन्तीमा दर्जन बढी व्यवसायी सम्मानित
New Office

काठमाण्डौ । नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाण्डौ स्थापनाको २५ वर्ष पुगेको अवसरमा एक दर्जन बढी व्यवसायीहरु सम्मानित भएका छन ।  

संस्थाले आफ्नो स्थापनाको २५ बर्ष पूरा अर्थात रजत जयन्तीको अवसरमा संघ स्थापनाको लागि िवशेष योगदान गर्ने तथा संघमा रहेर फर्निचर÷फर्निसिङ व्यवसायीहरुको हकहित संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने व्यवसायीहरुलाई सम्मान गरेको हो ।  

नेपाल चेम्बर अफकमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममापूर्व अध्यक्ष तथा स्थापनाकालीन प्रथम उपाध्यक्ष कृष्णलाल प्रधानलाई विशेष सम्मान प्रदान गरिएको छ ।  

यस्तै स्थापनाकालीन कार्य समिति अध्यक्ष भरत टिवडेवाल, द्धितीय उपाध्यक्ष ओम प्रकाश लोहिया, महासचिव पदमलाल श्रेष्ठ, स्थापनाकालीन कोषाध्यक्ष तथा पूर्व प्रथम उपाध्यक्ष सुरेन्द्र कुमार शारडा, स्थापना कालीन सह–कोषाध्यक्ष दिपक श्रेष्ठ, स्थापनाकालीन सदस्य, पूर्व कोषाध्यक्ष तथा पूर्व उपाध्यक्ष सुजिल श्रेष्ठ तथा स्थापनाकालीन सदस्य राजन प्रजापतीलगायतका व्यवसायीलाई संघले सम्मान प्रदान गरेको हो ।  

यसैगरी संघका पूर्व अध्यक्षहरु कविन्द्र जोशी(२०७१– २०७३), राजेश कुमार अग्रवाल (२०७३– २०७५), रुपेश प्रधान (२०७५–२०७७), शुभेन्द्र जोशी(२०७७– २०७९) लाई पनि संघले सम्मान गरेको छ ।  

नेपालमा रहेका फर्निचर तथा फर्निसिङसम्बन्धी उद्योग तथा व्यापार व्यवसाय क्षेत्र लाई व्यवस्थित गर्दै राष्ट्रिय अर्थतन्त्रमा ठोस योगदान पु¥याउने हेतुले वि.सं.२०५६ साल असार २५ मा नेपाल फर्निचर तथा फर्निसिङ संघको स्थापना भएको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.