ओम मेगाश्री फर्मास्युटिकल्सको नाफा ८३% ले बढ्यो, आम्दानीमा पनि ५७% को सुधार
काठमाण्डौ। हालै आईपीओ निष्कासन गरेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले ७५ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो त्रैमासको तुलनामा ८३.०८ प्रतिशतले बढी हो । अघिल्लो त्रैमाससम्म कम्पनीले ४१ लाख २९ हजार रुपैयाँबराबरको खुद नाफा...

