धितोपत्र बोर्डले आईपीओ र हकप्रद नरोक्ने, निमित्तको अधिकार डा. अधिकारीलाई
काठमाण्डौ । धितोपत्र बोर्डले अध्यक्ष नहुँदा रोकिएको साधारण सेयर र हकप्रद निश्कासनको प्रक्रियालाई अब तीव्रताका साथ अगाडि बढाउने भएको छ । नेपाल धितोपत्र बोर्डको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकमा केही समयदेखि सुस्ताएको आईपीओ, एफपीओ र हकप्रदको प्रक्रियालाई पुनः अगाडि बढाउने र पूर्ण अध्यक्ष नियुक्ति नहुँदाको अवस्थामा समेत सार्वजनिक निश्कासनलाई नरोक्ने सहमति...

