एमआरपी नियमले भन्सारमै अवरोध, सयौँ कन्टेनर रोकिए
विराटनगर, सरकारले उपभोक्ता संरक्षणका नाममा लागू गरेको नयाँ मूल्य (एमआरपी) नीति कार्यान्वयनमा जाँदा सीमावर्ती व्यापारमै अवरोध देखिन थालेको छ।विराटनगर भन्सार नाकामा व्यावसायिक वस्तु बोकेका सयौँ कन्टेनर रोकिँदा नीतिको व्यवहारिकता माथि प्रश्न उठेको हो।मंगलबारदेखि लागू गरिएको व्यवस्थाअनुसार आयातित वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य उल्लेख हुनुपर्ने भएपछि, सो विवरण...

