काठमाण्डौ । राष्ट्रिय जनता पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका लामिछानेले बुधबार दिउँसो मोदीसँग भारतको प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता गरेका हुन् ।
यसबारे नरेन्द्र मोदीले एक्समार्फ जानरी दिएका हुन् । मोदीले एक्समा लेखेका छन्, ‘भेटबारे जानकारी दिँदै मोदीले भनेका छन्,ुनेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्छु र पूर्ण रूपमा समर्थन गर्दछु ।’
नेपाल सधैँ भारतको प्राथमिकतामा रहेको र ‘नेबरहुड फर्स्ट’ को नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको मोदीको लेखेका छन् । उक्त भेटघाटका क्रममा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल भएको समेत जनाइएको छ ।
लामिछाने भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणमा सोमबार नयाँदिल्ली प्रस्थान गरेका थिए । उनले त्यहाँ रहदा उच्च राजनीतिक भेटवार्था गरिरहेका छन् । उनको भारत भ्रमणलाई प्रधानमन्त्री बालेन शाहको भ्रमण अघिको तयारीको रुपमा समेत हेरिएको छ ।

