खुम्बु क्षेत्रमा असोजमै हिमपात, सयौं पर्यटक होटलमै रोकिए
काठमाण्डौ ।असोज महिनामै सोलुखुम्बुको माथिल्लो हिमाली क्षेत्र खुम्बुमा भारी हिमपात भएको छ। खुम्बुपासाङल्हामु गाउँपालिकाको लोबुचे र त्यसभन्दा माथिल्लो भूभागमा निरन्तर हिमपात भइरहेको स्थानीयले जनाएका छन्।

