भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन जिल्ला सुरक्षा समिति चितवनको आग्रह
काठमाण्डौ । चितवन जिल्ला सुरक्षा समितिले जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन आग्रह गरेको छ । जिल्ला कारागार भरतपुरबाट बुधबार तोडफाड गरेर ७५० जना कैदीबन्दी भागेका थिए ।

