२४ सौर्य आयोजनासँग प्राधिकरणको सम्झौता, ३५५ मेगावाट विद्युत खरिदको बाटो खुल्यो
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण (नेपा) ले लामो समयदेखि रोकिएको २४ वटा सौर्य आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) स्वीकृत गरेको छ। नयाँ कार्यकारी निर्देशक मनोज सिलवालको निर्णयसँगै करिब ३५५ मेगावाट बराबरको विद्युत प्रणालीमा थपिने भएको छ।

