ओलीको पुख्र्यौली घर पनि बाँकी रहेन, आगो लगाएर ध्वस्त पारियो
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघर रहेको तेह्रथुममा आन्दोलनकारीले आगजनी गरेका छन्।
TRENDING
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मघर रहेको तेह्रथुममा आन्दोलनकारीले आगजनी गरेका छन्।
महोत्तरी । जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदीबन्दी भागेका छन्।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, मंगलबार साँझ ७ बजे पाँच सयभन्दा बढी प्रदर्शनकारी र कारागारभित्र रहेका कैदीहरूले एकसाथ पर्खाल भत्काउँदा स्थिति नियन्त्रणबाहिर गएको हो।
काठमाण्डौ । कास्की कारागारबाट कैदीबन्दीहरू भागेका छन्। जेनजी आन्दोलनकारीहरूले कारागार तोडफोड गरी कैदीबन्दीलाई भगाएको प्रहरीले दाबी गरेको छ।
काठमाण्डौ । काठमाडौंको कोटेश्वरमा भएको प्रदर्शनका क्रममा तीन प्रहरीको ज्यान गएको छ।
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा समेत आगजनी भएको छ । मंगलबार आक्रोशित जेनजी समूहका युवाहरुले काठमाण्डौको टंगालमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका हुन् ।
काठमाण्डौ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको घरमा जेनजी प्रदर्शनीकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीले बस्नेतको भक्तपुरको बालकोटस्थित घरमा आगजनी गर्नुका साथै मोटरसाइकलमा आगजनी समेत गरेका छन् ।
काठमाण्डौ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। देशभर जेनजी प्रदर्शन चर्किरहेको बेला यो सम्बोधन हुन लागेको हो।यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय...
काठमाण्डौ । जेनजीहरु बुढानिलकण्ठस्थित प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासभित्र छिरेर तोडफोड मच्चाए र आगजनी गरे । सुरक्षाकर्मीले उनीहरुलाई रोक्न नसकेपछि देउवा र उनकी पत्नी आरजूमाथि आक्रमण भयो । उनीहरु दुवैलाई प्रदर्शनकारीले रगताम्य हुने गरी कुटपिट गरे र सुरक्षाकर्मीको जिम्मा लगाए । जब यो खबर सुरक्षा निकायमार्फत प्रधानमन्त्री केपी...
काठमाण्डौ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले पदबाट राजीनामा दिएकी छन् । डिसीले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत राजीनामा बारे जानकारी दिएका हुन् ।
काठमाण्डौ । बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई (डीपी राई)ले पदबाट राजीनामा दिएका छन् । राइले मंगलबार नगरबासीलाई सम्बोधन गर्दै एमाले र जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको घोषण गरेका हुन् । उनले जेनजी समूहको मागलाई सम्बोधन नगरी अनाहकमा विद्यार्थी र नागरिकहरूको ज्यान लिएका कारण राजीनामा दिएको बताएका छन् ।
काठमाण्डौ । नेपाली सेनाले जेनजी प्रदर्शनकारीहरुलाई संयमित हुन आग्रह गरेको छ । नेपाली सेनाले एक विज्ञप्ती जारी गर्दै जेनजी आन्दोलनका विकसित घटनाक्रमहरु बारे नेपाली सेनाले विश्लेषण गरिरहेकाले संयमित रहन आग्रह गरेको हो । ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न...
काठमाण्डौ । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शान्तिपूर्ण व्यवहार अपनाउन सबैलाई आग्रह गरेको छ।
काठमाण्डौ । नक्सालस्थित भाटभटेनी सुपर स्टोर मंगलबार साँझ आन्दोलनकारीहरूको निशानामा पर्यो। प्रदर्शनकारीहरूले सामान लुटपाट गरेपछि स्टोरमा आगजनीसमेत गरेका छन्।
काठमाण्डौ । जेनजी प्रदर्शनकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भेला भएका छन् । प्रदर्शनकारीहरु सुरक्षा घेरा तोडेर विमानस्थलभित्र प्रवेश गर्न खोजिरहेका छन् । ठूलो संख्यामा तैनाथ नेपाली सेनाले प्रदर्शनकारीहरुलाई रोक्ने प्रयास गरिरहेको छ ।
काठमाण्डौ । जेनजी प्रदर्शनकारीहरुले झापाको दमकमा रहेको दमक भ्यू टावरमा आगजनी गरेका छन् । भदौ २३ गतेबाट प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले आज दमक भ्यु टावरमा पनि आगजनी गरेका हुन् ।
काठमाण्डौ । राजधानी भएको जेनजी प्रदर्शनकारीहरुले लगाएको आगोमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार घाइते भएकी छन् ।
काठमाण्डौ । कैलाली कारागारबाट सबै कैदीबन्दी फरार भएका छन् । जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि सबै कैदीबन्दी फरार भएका हुन् ।
काठमाण्डौ । आफूले आह्वान गर्दा पनि जेनजी आन्दोलनकारीको आक्रामक प्रदर्शन, तोडफोड र आगजनी नरोकिएपछि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले केहीबेरअघि फेरि अर्को आह्वान गरेका छन् ।
काठमाण्डौ । जेनजी मुभमेन्टले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन अपील गरेको छ । ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरुलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन हार्दिक अनुरोध गर्दछौं’ जेनजीले अपिल गरेको छ ।
काठमाण्डौ । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले देशभर जारी विरोध प्रदर्शनका बीच प्रदर्शनकारीहरूलाई सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न विशेष आह्वान गरेका छन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.