दीपेन्द्र अग्रवाल आज थुनामुक्त हुने सम्भावना, ‘थप उजुरीहरु परेनन्’
काठमाण्डौ । सेयर कारोबारी दीपेन्द्र अग्रवालमाथि अनुसन्धानका लागि बिहीबार प्रहरीले अदालतबाट एकदिनका लागि म्याद थप गरेको छ । थप अनुसन्धान आवश्यक भएको दलिल प्रहरीको तर्फबाट पेश भएपछि उनलाई थप एक दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालतले दिएको हो ।

