खर्च कटौतीमा सरकारको जोड, अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक
काठमाण्डौ । सरकारले अनावश्यक खर्च कटौती गर्ने उद्देश्य स्वरुप अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।यससँगै सरकार, प्रदेश, स्थानीय तह, संस्थान, प्रतिष्ठान र निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा जान पाइने छैन । त्यस्तै, अन्तर्राष्ट्रिय सभा सम्मेलनमा सरकार प्रमुखको नेतृत्वमा जाने प्रतिनिधिमण्डल...

