राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरू, कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
काठमाण्डौ । सोमबार साझ राष्ट्रिय परीक्षा बोर्डमा बैठक सुरु भएको छ । कक्षा १२ को नतिजा सार्वजनिक गर्नेबारे सानोठिमीस्थित बोर्डको कार्यालयमा बैठक बसेको हो । बैठक समाप्त भएपछि नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ ।

