हेलिकप्टर दुर्घटनास्थलबाट मृतकको शव काठमाडौं ल्याइँदै, भोलि बिहानदेखि पोस्टमार्टम
काठमाण्डौ । एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएपछि उद्धार टोलीले मृतक पाँचै जनाको शव संकलन गरेको छ। सशस्त्र प्रहरीका अनुसार सशस्त्रको सुरक्षा बेस बालाजुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १० जना तथा १९ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ४५ जनाको टोलीले शव संकलन गरेर काठमाडौं पठाउने तयारी हुँदै छ।