संविधान संशोधन कार्यदलप्रति असन्तुष्ट एमाले, प्रतिनिधि फिर्ता बोलायो
काठमाण्डौ । नेकपा एमालेले संविधान संशोधन बहसपत्र कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ ।एमाले महासचिव शङ्कर पोखरेलले बिहीबार कार्यदल संयोजक असिम शाहलाई पत्र पठाउँदै पार्टीका तर्फबाट कार्यदल सदस्य रहेका डा. भीष्म अधिकारीलाई फिर्ता बोलाइएको जानकारी गराएका हुन् । एमालेका अनुसार कार्यदलको काम कारबाही सुरुदेखि नै शंकास्पद प्रकृतिको रहेको, संविधान संशोधनका विषयहरू...

