आम्दानीमा गिरावट आएसँगै पिपुल्स पावरको नाफा ३६% ले संकुचित
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको आम्दानी र नाफामा गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ७८ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३६.७३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।...

