एक दर्जन कम्पनीको सेयरभाउ दुईसय रुपैयाँभन्दा कम, लगानीका लागि कति उचित ?
TRENDING
काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा हितेन्द्र देव शाक्य चयन भएका छन् । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको २३३ औं बैठकले शाक्यलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा बाशु अधिकारी नियुक्त भएका छन् । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ स्वीकृत गर्दा भएको मिलेमतो र भ्रष्टाचारको विषयमा छानबिन गर्न एक समिति गठन भएको छ । नेपाल धितोपत्र बोर्डको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले रिलायन्स स्पिनिङ मिल्सको शेयर बुक विल्डिङ्ग प्रक्रियाबाट निस्काशन गर्ने सम्बन्धमा भएका काम कारवाहीका सम्बन्धमा निष्पक्ष छानबिन गर्न भन्दै सञ्चालक विनोदकुमार...
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको विवादास्पद आईपीओको विषयमा अदालतमा परेको रिटको आज पेशी तोकिएको छ। आज सर्वोच्च अदालतमा रिलायन्स स्पिनिङ मिल्सलाई अदालतको आदेशको अपव्याख्या गरी तथा बुक बिल्डिङको मापदण्डविपरीत पुरानो वित्तीय विवरणका आधारमा तोकिएको कटअफ मूल्यमै आईपीओ निश्कासन गर्न दिएको विषयमा परेको रिटको पेशी तोकिएको हो । मंसिर २८ गते सर्वोच्चले...
काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त १४ औं साधारण सभा काठमाण्डौको नयाँबजारमा रहेको सासा ब्याङ्क्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशको कुनै पनि अजेण्डा...
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।बैठकले आव २०८१/८२ को मुनाफाबाट चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा अपरान्ह २...
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले २४ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २५ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनीको प्रबन्धपत्र नियमावलीमा संशोधन, विद्युत नियमन आयोग लगायत सरकारी कार्यालयहरुमा कम्पनीको...
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ५.७८९ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।यस्तै उक्त बैठकले आगामी पुस २५ गते काठमाण्डौको चावहिलमा रहेको स्मार्ट प्यालेस एण्ड...
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सन्तुलित योजना’को इकाई बिक्री आजदेखि हुने भएको छ । सिटिजन्स बैंक कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गरिएको हो । कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनललाई सुरक्षित राखि बाँकी रहने ८ करोड...
काठमाण्डौ । सागर डिस्टिलरीले तेस्रो वार्षिक साधारण सभा आगामी पुस २७ गते आयोजना गर्ने भएको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नवलपुर गैँडाकोटमा रहेको इला रिसोर्टमा बिहान साढे ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नेपाल एसबिआई बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले घोषणा गरेको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३९६.०६ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठ अध्यक्ष भएर आएपछि सामूहिक निर्णयमा आफ्नो विश्वास देखाउने गरेका छन् । भरसक विवादमा नपरियोस् भनेर उनले सानोभन्दा सानो विषयलाई पनि सञ्चालक समितिमा प्रवेश गराएर, आवश्यक सबै प्रक्रिया पूरा गरेर मात्र अगाडि बढाउने गर्छन् । धितोपत्र बोर्डको विभागका प्रमुखदेखि सञ्चालकहरुलाई समेत कन्भिन्स गरेपछि मात्रै अगाडि बढेकै कारण...
काठमाण्डौ । सेयर बजारका जेनजी लगानीकर्ताले पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)मा रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तत्काल रोक्नुपर्ने र वैदेशिक रोजगारीमा रहेकालाई बाँडफाँड गरिएको आईपीओ पनि रद्द गर्नुपर्ने लगायतका माग राख्दै आफ्नो ज्ञापनपत्र दर्ता गराएका छन् ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ४ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । सयपत्री हाईड्रोपावर लिमिटेडले साधारण सभा डाकेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा पुस २५ गते काठमाण्डौको कुमारीगालमा रहेको ज्योति ब्याङ्क्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा कम्पनीको चुक्ता पूँजीको १ः०.७४ अनुपात हकप्रद सेयर निष्काशन गर्नका लागि स्वीकृत दिए...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको विवादास्पद आईपीओको रोकिएको प्रक्रिया पुनः सुरु गर्न धितोपत्र बोर्डबाट भएको शंकास्पद कामको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अर्थमन्त्रालयसम्म उजुरीहरु परेका पाइएको छ । त्यसरी विभिन्न निकायमा धितोपत्र बोर्डको निर्णय प्रक्रियाप्रति गम्भीर प्रश्न उठाउँदै तथा अध्यक्ष सन्तोषनारायण श्रेष्ठको व्यक्तिगत प्रतिष्ठामै आँच...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निश्कासन प्रक्रिया तत्काल रोक्नुपर्ने लगायतका माग राख्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) पुगेका सेयर बजारका जेनजी लगानीकर्ताहरुले अध्यक्ष छलफलमा नआए अनिश्चितकालीन धर्ना थाल्ने चेतावनी दिएका छन् ।सेबोन कार्यालय परिसरबाट बिजशालाको सम्पर्कमा आएका जेनजी लगानीकर्ताहरुले आफूहरुले विभिन्न माग राखी छलफल गर्न खोज्दा पटक–पटक सेबोन...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.