आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
काठमाण्डौ । साताको चौथो कारोबार दिन साढे १६ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने टप १० ब्रोकर कम्पनीहरुमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज र दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।

