तीन हजार ३९० रूपैयाँ पुग्यो शव जलाउने दाउराको मूल्य
काठमाण्डौ। शव जलाउन प्रयोग गरिने दाउराको मूल्य बढेको छ। वन निगम लिमिटेडका अनुसार असार १४ गतेपछि दाउराको मूल्य बढेको हो। असार १३ गतेसम्म एउटा शव जलाउने दाउराको मूल्य तीन हजार रूपैयाँ तोकिएको थियो। असार १४ गतेपछि भने तीन हजार ३९० रूपैयाँ पुगेको वन निगम पशुपति डिपोले जनाएको छ।

