साउनमा फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक कमाए, अन्य समूह कति बढ्यो ?
काठमाण्डौ । गत साउन महिनामा सर्वाधिक फाइनान्स समूहका लगानीकर्ताले नाफा बुक गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा फाइनान्स समूह इन्डेक्स १२२.७३ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको साउनमा १७२७.९७ विन्दुमा रहेको फाइनान्स समूह चालु आवको साउनमा बृद्धि भई ३८४८.७२ विन्दुमा पुगेको थियो । साउन महिनामा समग्र सेयरबजारमा नै ४७.५६...

