अमेरिकाको ४७ औं राष्ट्रपति बन्ने संघारमा ट्रम्प
काठमाण्डौ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् । अमेरिकाका सातमध्ये तीन स्विङ स्टेटमा विजय हासिल गरेपछि ट्रम्पका समर्थकहरू फ्लोरिडामा उनको सम्बोधनमा सहभागी हुन भेला भएका छन् ।ट्रम्प आफ्नो चुनावी अभियानको मुख्यालय फ्लोरिडामा आउने विश्वास गरिएको छ। ट्रम्पको लागि मन्च तयार गरिएको छ।...

