बोइङले १७ हजार कर्मचारी निकाल्ने
काठमाण्डौ । जेट निर्माता कम्पनी बोइङले करिब १७ हजार कर्मचारी निकाल्ने भएको छ । कर्मचारीहरुको आन्दोलनको सामना गरिरहेको कम्पनीले आफ्नो करिब १० प्रतिशत कर्मचारी कटौती गर्न लागेको हो । अहिले कम्पनीमा मेकानिक्सहरुको आन्दोलन पाचौं सातामा प्रवेश गरेको छ । यस्तै कम्पनीले निकै लामो समयदेखि ढिला भईरहेको नयाँ वाइड बढी विमानको लञ्चलाई पनि पछि धकेलेको छ ।

