आयोजना प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जाको सट्टा सेयर
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा आयोजना प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई सेयर लगानीको विकल्प दिइने बताएका हुन् ।

