एनएमबि लघुवित्तको नाफा २१६% ले वृद्धि
काठमाण्डौ । खुद ब्याज आम्दानी बढेसँगै एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा आकर्षक वृद्धि देखिएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा आफ्नो नाफा २१६.११ प्रतिशतले बढाएको छ । संस्थाले समीक्षा अवधिसम्म ८ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म यस्तो रकम २ करोड ७५ लाखमा सीमित थियो । यो अवधिमा संस्थाले ४४ करोड ४२ लाख ...

