अमेरिकी ट्यारिफपछि भारतले रूसबाट तेल आयात घटाएको अमेरिकी वित्तमन्त्रीको दाबी
काठमाण्डौ । अमेरिकाका वित्तमन्त्री स्कट बेसेन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले २५ प्रतिशत ट्यारिफ लगाएपछि भारतले रूसबाट कच्चा तेल खरिद उल्लेखनीय रूपमा घटाएको दाबी गरेका छन्।स्विट्जरल्याण्डको दावोसमा आयोजित वर्ल्ड इकोनॉमिक फोरमको बैठकमा बोल्दै वित्तमन्त्री बेसेन्टले भारतले रूसी तेल आयातलाई ‘लगभग रोक्ने तहसम्म घटाएको’ बताएका हुन्।

