आज घट्यो सुनको भाउ, चाँदीको भने बढ्यो
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य शुक्रबार प्रतितोला १४ सय रुपैयाँले घटेको हो । यससँगै सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँमा सीमित बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।